
काठमाडौं, २३ साउन । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिति बढेपछि आयातलाई खुकुलो बनाएको जनाएकाे छ । बैंकले परिपत्र जारी गर्दै वस्तुकाे आयात गर्दाका बखत एलसीको सीमालाइ बढाएको उल्लेख छ।
भारतबाट गरिने आयातमा भारु ३ करोड सम्मको एलसी खोल्न पाइने भएकाे छ । तेस्रो मुलुकबाट मालसामान आयात गर्दा एक पटकमा ६० हजार अमेरिकी डलर बराबरको एलसी खोल्न पाइनेछ । पहिले यसका लागि रु ५० हजार अमेरिकी डलर बराबरको एलसी खोल्न पाइने व्यवस्था रहेकाे थियो। एक पटक सटही सुविधा लिएपछी ७ दिन पछि मात्रै अर्को सटही सुविधा प्राप्त गर्ने व्यवस्था कायम गरिएकाे छ ।
नेपाल राष्ट्र बैंकले व्याक टु व्याक प्रतितपत्र कारोबार सम्बन्धमा कायम रहेको विद्यमान व्यवस्थालाई शंसोधन गरेको हाे । तयारी पोषाक तथा नेपाल एकीकृत व्यापार रणनीति, २०८० मा उल्लिखित “निर्यात संभावना देखिएका वस्तु” अन्तर्गतको “वर्तमान वस्तुहरु” उत्पादन गर्ने उद्योगहरुले आफ्नो उद्योगको लागि आवश्यक पर्ने कच्चा पदार्थ व्याक टु व्याक प्रतीतपत्र खोल्दा आयात गरिएका कच्चा पदार्थको भुक्तानी सो कच्चा पदार्थबाट निर्मित तयारी वस्तु निर्यात गरी भुक्तानी प्राप्त भएपछि सोहि भुक्तानीबाट मात्र आयात प्रतीतपत्रको भुक्तानी शिर्षकमा उल्लेख भएको शर्त अनुसार भुक्तानी हुने व्यहोरा प्रतीतपत्रमा अनिवार्य राख्नुपर्ने जनाएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




