बुधबार अमेरिकी डलरको भाउ बढ्यो, यूरो घट्यो

-



     सफल आवाज    
     श्रावण २४ गते २०८० मा प्रकाशित



काठमाडौं, २४ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोको भाउ भने घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ २३ पैसा र बिक्रिदर १३२ रुपैयाँ ८३ पैसा रहेको छ । यूरो १ को खरिददर १४४ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५० पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६८ रुपैयाँ २१ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९७ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५० रुपैयाँ ८४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५३ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ २ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४१ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँँ २८ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७३ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ८ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५२ पैसा रहेको छ ।

आजको मूल्यसूची