लगातार सुनचाँदीको भाउमा गिरावट, यस्तो छ आजको भाउ

-



     सफल आवाज    
     श्रावण २४ गते २०८० मा प्रकाशित



कामाठमाडौं, ४ साउन । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनमा रुपैयाँ १ सय तथा चाँदीमा रुपैयाँ १० ले गिरावट भएको जनाएको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ १ सयले घटेर तोलाको १ लाख १२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख १२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १ सयले घटेर तोलाको १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको १ लाख ११ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा आज रुपैयाँ १० ले घटेर तोलाको १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।