नेप्सेको ओरालो यात्रामा ब्रेक, २०६०.९१ विन्दुमा उक्लियो

- आइएमई लाइफ इन्स्योरेन्स कारोबारमा अब्बल

-



     सफल आवाज    
     श्रावण २४ गते २०८० मा प्रकाशित


काठमाडौं, २४ साउन । केहि दिनदेखि ओरालो लागेको नेप्सेको यात्रामा आज बुधबार भने ब्रेक लागेको छ । यसरी यूटर्न भएर नेप्से उकालोको यात्रामा जाँदा सेयर बजारमा उत्साह छाएको छ भने लगानीकर्ताहरुको मनोवल बढेको छ ।

एउटा बाहेक सबै सूचकांकहरुमा हरियो लागेको छ । कारोबार रकमले भने २ अर्बको घेरोलाई नाघ्न सकेन । लगातारको नकारात्मक लयमा गएको नेप्से लयमा फर्किदा लगानीकर्ताले राहत महशुस गरेका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४१.०६ अंकले बढेर २०६०.९१ को विन्दुमा उक्लिएको छ । नेप्सेमा २.०३ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स ७.४८ अंकले बढेर ३९३.०५ विन्दुमा पुगेको छ ।

१३ वटा उपसमूहरुमध्ये एउटामा मात्रै रातो लागेको छ । बाँकी सबैमा हरियाली छाएको छ । यसदिन कुल २६५ कम्पनीहरुको ५० लाख १० हजार ७१६ कित्ता सेयरको खरिदबिक्री भएको छ । यसबाट १ अर्ब ८८ करोड ८३ लाख २६ हजार ४६९ रुपैयाँ ६२ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी आज आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको १५ करोड ५० लाख २६ हजार २०२ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको हाे ।

सबैभन्दा धेरै हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य ९.८३ अंकले बढेको छ । सबैभन्दा धेरै सेन्चुरी डिबेन्चर २०८८ को सेयरमूल्य घटेको छ । सो डिबेन्चरको सेयरमूल्य ९.९९ प्रतिशतले घटेको हो ।