
काठमाडाैं, २४ साउन। हालैमात्र स्थापित शेयर दलाली सेवा प्रदान गर्ने कम्पनि शेयरप्रो सेक्यूरिटीज प्रालिले आफ्ना नयाँ ग्राहकहरुलाई लक्षित गरेर आकर्षक छुट याेजना ल्याएकाे छ।
ग्राहकहरुको सन्तुष्टिप्रतिको आफ्नो प्रतिबद्धता अन्तर्गत ग्राहकहरुलाई लक्षित गरी कम्पनीले पहिलाे ३ सय ६५ जना नयाँ ग्राहकहरुलाई डिम्याट खाता तथा मेरो शेयर सदस्यतामा शतप्रतिशत छुटको योजना ल्याएकाे हाे।
यस योजना अन्तर्गत पहिलो ३६५ जना ग्राहकले निःशुल्क डिम्याट खाता तथा मेरो शेयर सदस्यता लिई कारोबार गर्न सक्नेछन । धितोपत्र बजारमा रुची राख्ने जो कोहि व्यक्तिले यो योजनामा सहभागी भई लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।
शेयरप्रो सेक्यूरिटीजले जेठ ९ गते धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त गरी असार २८ गतेबाट धितोपत्र दलाली शेयर ब्राेकरेज सेवा र निक्षेप सदस्यको सेवा प्रदान गर्दै आइरहेको बताएकाे छ ।