सुन तोलाको १ लाख ११ हजार ३ सयमा झर्यो, चाँदीमा पनि गिरावट

-



     सफल आवाज    
     श्रावण २५ गते २०८० मा प्रकाशित



काठमाडौं, २५ साउन । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । सुन ताेलामा रुपैयाँ ७ सय तथा चाँदीमा रुपैयाँ १० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ७ सयले घटेर तोलाको १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ७ सयले घटेर तोलाको १ लाख १० हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीमा यसदिन रुपैयाँ १० ले घटेर तोलाको १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भईरहेकाे छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।