
काठमाडौं, २५ साउन । साताको सेयर कारोबार हुने अन्तिम पाँचाै दिन बिहिबार नेपाली सेयर बजारमा झिनो अंकको बृद्धि भएको छ । नेप्सेमा देखिएकाे सकारात्मक माहाेलले लगानीकर्तामा उत्साह थपिएकाे छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५.१३ अंकले बढेर २०६६ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.२४ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १.१० अंकले बढेर ३९४.१५ विन्दुमा रहेको छ ।
१३ उपसमूहहरुमध्ये ५ वटामा रातो लागेको छ । बाँकी ८ वटामा हरियो लागेको छ । यसदिन कुल २६९ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ५५ लाख ३ हजार २१ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब १५ करोड ६५ लाख ८३ हजार ९४५ रुपैयाँ ६८ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी सोल्टि होटल लिमिटेडको कारोबार भएको छ । सो होटलको १६ करोड ९५ लाख ८२ हजार ६ सय १० रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा बढी अभियान लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य ९.०९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै हिमालयन लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ६.५३ प्रतिशतले घटेको छ ।

