विद्युत बिक्रीकाे आम्दानी घटेसँगै बुटवल पावरको नाफामा कमी

-



     सफल आवाज    
     श्रावण २६ गते २०८० मा प्रकाशित


काठमाडौं, २६ साउन । बुटवल पावर कम्पनीकाे नाफा २.४९% ले घटेको छ । कम्पनीले गत आर्थिक वर्षको असारकाे अन्त्य सम्म २६ करोड ७३ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। याे नाफा अघिल्लो वर्षकोभन्दा २.४९% ले घटेको हो । साे अवधिकाे २७ करोड ४१ लाख ५० हजार रुपैयाँ थियाे ।

कम्पनीकाे विद्युत बिक्रीको बाट हुने आम्दानी ६.५३% ले घटेकाे देखिन्छ । याे आम्दानी गत असार मसान्तसम्ममा ७२ करोड ४४ लाख १७ हजार रुपैयाँमा रहेकाे छ । अघिल्लो वर्ष ७७ करोड ५० लाख ४९ हजार रुपैयाँ आम्दानी भएकाे थियो ।

कम्पनीकाे अन्य आम्दानी ४ करोड रुपैयाँबाट बढेर ८ करोड रुपैयाँ भएकाे छ । विद्युत बिक्रीकाे आम्दानी घटेपछि खुद नाफामा त्यसकाे नकारात्मक प्रभाव परेकाे हाे । 

हाल कम्पनीकाे सेयर पुँजी ३ अर्ब ४० करोड ९० लाख ६५ हजार रुपैयाँ रहेकाे छ । इक्विटी ३ अर्ब ५८ करोड २८ लाख ९२ हजार रुपैयाँ छ भने प्रतिसेयर आम्दानी ७.८४ रुपैयाँ पैसा रहेकाे छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ८.४४ रुपैयाँ थियो । नेटवर्थ २०५.१० रुपैयाँ रहेकाे छ ।