कारोबारको अन्तिम दिन सुनचाँदी दुबैको भाउमा गिरावट

-



     सफल आवाज    
     श्रावण २६ गते २०८० मा प्रकाशित


काठमाडौं, २६ साउन । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा रुपैयाँ २ सय तथा चाँदीमा रुपैयाँ ५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ २ सयले घटेर तोलाको १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ २ सयले गिरावट भई तोलाको १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको १ लाख १० हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ ५ ले गिरावट भई तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ८० रुपैयाँमा करोबार भएको थियो ।