रिलायवल लाइफकाे आईपीओमा १.८२ गुणा बढी आवेदन

-



     सफल आवाज    
     श्रावण २७ गते २०८० मा प्रकाशित



काठमाडौं, २७ साउन । रिलायवल नेपाल लाइफ इन्स्योरेन्सकाे सेयर आईपीओमा आवेदन मा १४ लाख ७७ हजार बढी आवेदकले आवेदन दिएका छन्।

सिडिएस एण्ड क्लियरिङ्गले जनाए अनुसार आबेदनको अन्तिम दिन साँझ सम्म १४ लाख ७७ हजार ८७७ आवेदकबाट ४ अर्ब ४९ करोड ३९ लाख ७३ हजार ९६० रुपैयाँ बराबरको १ करोड ७४ लाख ८६ हजार २८० कित्ता सेयर माग गरिएकाे छ । याे माग सर्वसाधारणको लागि जारी गरिएकाे ९६ लाख कित्ताभन्दा १.८२ गुणा बढी हाे ।

सेयरमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट यसकाे बाँडफाँड घटीमा १० कित्ताका दरले हुनेछ । सेयर माग गरेका आवेदकहरुबाट ९ लाख ६० हजार आवेदकले सेयर हात पार्नेछन् ।

जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ थपेर प्रिमियम १५७ रुपैयाँसहित २५७ रुपैयाँका दरले १ करोड २० लाख कित्ता जारी गरिएकाे हाे ।

यसमा १२ लाख कित्ता बैदेशिक रोजगारमा रहेकाहरुकाे लागि बाँडफाँड भइसकेकाे छ । ६ लाख कित्ता सामूहिक लगानी कोषका लागि रहेकाे भने ६ लाख कित्ता कर्मचारीका लागि रहेकाे छ । बाँकी ९६ लाख कित्ता सर्वसाधारणको लागि रहेकाे छ ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । सर्वसाधारणलाई १ करोड २० लाख कित्ता सेयर जारी भएपछि अब चुक्ता पूँजी ४ अर्ब पुग्ने भएकाे छ ।