अमेरिकी डलरको भाउ बढ्यो, यूरोसहित अन्यको घट्यो

-



     सफल आवाज    
     श्रावण २७ गते २०८० मा प्रकाशित


काठमाडौं, २७ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोको भाउ भने यसदिन घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ २६ पैसा र बिक्रिदर १३२ रुपैयाँ ८६ पैसा रहेको छ । यूरो १ को खरिददर १४५ रुपैयाँ २५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९१ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६८ रुपैयाँ ७३ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५० रुपैयाँ ८१ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४९ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ २५ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६४ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँँ ३१ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७६ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९८ रुपैयाँ ४१ पैसा रहेको छ ।

आजको मूल्यसूची