
काठमाडौं, २७ साउन । नागरिक लगानी कोषकाे नाफामा बृद्धि भएकाे छ । काेषकाे नाफा बढे इपिएस भने घटेकाे छ । काेषकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार काेषकाे अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा नाफा बढेको हाे ।
गत आर्थिक वर्षको असारकाे अन्त्यसम्म कोषले ९० करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ। यो नाफा अघिल्लो आर्थिक वर्षकोभन्दा ३६.७४ प्रतिशतले बढी देखिन्छ । अघिल्लो आर्थिक वर्षमा काेषकाे नाफा ६६ करोड ३९ लाख रुपैयाँ थियो।
कोषको ब्याज आम्दानी १२.५१ प्रतिशत बढेको छ । सेवा शुल्क र कमिशन आम्दानीमा १०.४९ प्रतिशतले र कुल आम्दानी ११.३० प्रतिशतले बढेको छ । काेषकाे कुल खर्च भने ०.१९ प्रतिशतले घटेको छ।
कोषको इपीएस घटेको छ। याे आम्दानी ३ रुपैयाँ २२ पैसा घटेर १७ रुपैयाँ ८ पैसामा कायम भएकाे छ। प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ८१ पैसा रहेको छ । मूल्य आम्दानी रेसियाे १२२.३ गुणा छ।