
काठमाडौं, २७ साउन । नेपाल राष्ट्र बैंकले रुपैयाँ १० अर्ब बराबरकाे “विकास ऋणपत्र २०८८ (ख)” विकास ऋणपत्र बिक्री गर्दैछ । बैंकले ८ वर्ष अवधि रहेकाे साे ऋणपत्र बिक्री गर्न लागेकाे हाे । बैंकले ऋणपत्रकाे व्याजदर बाेलकबाेलकाेबाट तय हुने जानकारी दिएकाे छ ।
राष्ट्र बैंकले ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले खरिद गर्न पाउने जनाएकाे।
ऋणपत्र खरिद गर्न चाहने खरिदकर्ताले राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिन सक्नेछन् । बैंकले ऋणपत्र धिताे राखी कर्जामा लिन र दिन पाइने जनाकारी गराएकाे छ ।
साे ऋणपत्रकाे बाेलकबाेल गर्ने मिति साउन २८ गते आइतबार अपरान्ह ३ बजेसम्म ताेकबिएकाे छ । यसकाे निष्काशन साउन २९ गते गरिने भएकाे छ । ऋणपत्रकाे साँवा २०८८ साल साउन २९ गते भुक्तानी गरिनेछ ।
यसमा खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी भएर सहभागी हुन पाउने भएका छन् । उनीहरुमा प्रतिस्पर्धीले निष्काशन हुने रकमकाे ८५ प्रतिशत र अप्रतिस्पर्धीले १५ प्रतिशत बराबरको ऋणपत्र खरिद गर्न सक्ने भएका छन् ।
राष्ट्र बैंकका अनुसार इच्छुक ऋणपत्र खरिदकर्ताले घटीमा रु ५० हजार र बढीमा कूल निष्काशन गरिएकाे रकमको सीमा नबढाई रु ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्क बराबरकाे खरिद गर्न सक्न्छन् ।