
काठमाडौं, २८ साउन । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरकाे सेयर (आईपीओ)मा आजदेखि आवेदन खुलाइएकाे छ । कम्पनीका अनुसार सर्वसाधारणका लागि २२ लाख ७६ हजार ६२० कित्ता सेयर निष्काशन गरिएकाे हाे ।
यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका सेयर निष्काशन गरी बाँडफाँड गरिसकेपछि सर्वसाधारणका लागि बिक्रीमा ल्याएकाे हाे ।
स्थानिय जनताका लागि निष्काशन गरिएको सेयरमा ताेकिएकाे सङ्ख्यामा आवेदन नपरेपछि बिक्री नभएकाे ६ लाख १६ हजार ६२० कित्ता समाहित गरेर कुल २२ लाख ७६ हजार ६२० कित्ता सर्वसाधारणका जारी गरिएकाे हो।
कम्पनीले ८ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ मूल्यमा ८ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका जनताका लागि निष्काशन गरेको थियो । २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता विदेशमा रोजगारमा रहेका नेपालीहरुका लागि ल्याएकाे थियाे । कम्पनीले ४० हजार कित्ता कर्मचारीहरुका लागि छुट्याएकाे छ भने १ लाख कित्ता सामूहिक लगानी कोषका लागि रहेकाे जनाएकाे छ।
इच्छुक लगानीकर्ताले सेयरमा घटीमा १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। आयोजना प्रभावित क्षेत्रका जनताले बढीमा १ लाख कित्ता माग गर्न सक्नेछन् । यसका लागि साउन ३१ गतेसम्म सेयर भर्न सकिनेछ । ताेकिएकाे मितिसम्म माग अनुसारकाे निवेदन नपरेमा भदौ १० गतेसम्म आवेदन दिन पाइनेछ।
कम्पनीले ५ मेगावाटको घट्टेखोला जलविद्युत आयोजनाको प्रबर्धन गरिरहेको छ । यसकाे कुल लागत १ अर्ब ३९ करोड ३५ लाख ७५ हजार रुपैयाँ रहेको छ । विद्युत उत्पादन अनुमति २७ वर्ष १ महिना बाँकी छ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।