आईतबार सुनचाँदी स्थिर भाउमा कारोबार हुँदै

-



     सफल आवाज    
     श्रावण २८ गते २०८० मा प्रकाशित


काठमाडौं, २८ साउन । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । भाउ स्थिर रहनु भनेको अघिल्लो कारोबार भएको दिनको भाउमा नै कारोबार कायम गरिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आईतबार सुनको भाउमा कुनै परिवर्तन नभएर शुक्रबारकै भाउमा कारोबार भईरहेको जनाएको छ । आज छापावाल सुन तोलाको १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यसअघि शुक्रबार पनि छापावाल सुन तोलाको १ लाख ११ हजार १ सय रुपैयाँमा नै कारोबार भएको थियो । तेजाबी सुनको भाउ पनि तलमाथि भएको छैन । तेजाबी सुन शुक्रबार कै भाउ तोलाको १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
महासंघका अनुसार यसदिन चाँदीको भाउ पनि स्थिर रहेर कारोबार भईरहेको छ । चाँदी शुक्रबार कै भाउ तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ ।