पहिलो दिन नेप्सेमा १४.८१ अंकको बृद्धि, ३ अर्ब बढीको कारोबार

-



     सफल आवाज    
     श्रावण २८ गते २०८० मा प्रकाशित


काठमाडौं, २८ साउन । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । अघिल्ला दिनहरुकोभन्दा कारोबारमा पनि सुधार भएको छ ।

अघिल्लो कारोबार भएको दिन बिहिबार ५.१३ अंकको सामान्य बृद्धि देखिएको नेप्सेमा साउन महिनाको अन्तिम साताको पहिलो कारोबार आज बजार सकारात्मक बनेपछि लगानीकर्तामा उत्साह थपिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४.८१ अंकले बढेर २०८०.८६ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.७१ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ३.९१ अंकले बढेर ३९८.०७ विन्दुमा रहेको छ ।

यसदिन १३ वटा उपसमूहहरुमध्ये ४ वटामा रातो लागेको छ । बाँकी ९ वटामा हरियो लागेको छ ।

कुल २७१ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ९७ लाख १८ हजार ७५४ कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब १८ करोड ४ लाख ६० हजार ५१२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड प्रोमोटर सेयरको कारोबार भएको छ । सो सेयरको ५८ करोड ४५ लाख ६१ हजार ४ सय रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै थ्रीस्टार हाइड्रोपावर लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घोराही सिमेन्ट लिमिटेडले गुमाएको छ । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले घटेको हो ।