आज अमेरिकी डलरको भाउ स्थिर, युरो घट्यो

-



     सफल आवाज    
     श्रावण २९ गते २०८० मा प्रकाशित



काठमाडौं, २९ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोलगायत अन्य केहि देशको मुद्राको भाउ भने घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ २६ पैसा र बिक्रिदर १३२ रुपैयाँ ८६ पैसा रहेको छ । यूरो १ को खरिददर १४४ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४३ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६८ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५० रुपैयाँ ८३ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५१ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ९६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ३५ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँँ ४१ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८५ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९८ रुपैयाँ २६ पैसा रहेको छ ।

आजको मूल्यसूची