सोनापुर मिनरल्सको आईपीओ खुल्यो, कहिलेसम्म दिने आवेदन ?

-



     सफल आवाज    
     श्रावण २९ गते २०८० मा प्रकाशित


काठमाडौं, २९ साउन । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले आजदेखि सेयर (आईपीओ) निष्काशन गरेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका जनताको लागि सेयर निष्काशन गरेको हो ।

कम्पनीले १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको रुपैयाँ १ करोड २३ लाख २०० लाख कित्ता साधारण सेयर निष्काशनको स्वीकृति पाएको थियो ।

कम्पनीले उद्योगबाट प्रभावित जिल्ला दाङ्ग र रोल्पाका जनताका लागि १२५ रुपैयाँ प्रिमियम थपेर प्रतिशेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता निष्काशन गरेको हो ।

सर्वसाधारणका लागि छुट्याइएको सेयरबाट १० लाख ७६ हजार २६८ कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थपेर प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा निष्काशन गरएिको हो ।

सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले घटीमा १० कित्ता भर्न सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका जनताले बढीमा १५ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन्। वैदेशिक रोजगारमा गएकाहरुले बढीमा १० लाख ७६ हजार २६८ कित्ताको माग गर्न सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका जनताले भदौ ११ गतेसम्म आवेदन दिने मिति तोकिएको छ । सो अवधिमा पूरा आवेदन नपरेमा भदौ २६ गतेसम्म आवेदन दनि सकिनेछ । उता वैदेशिक रोजगारमा गएकाहरुले भदौ ११ गतेसम्म आवेदन दिनु पर्नेछ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।