सोमबार सुनको भाउ बढ्यो, चाँदीको स्थिर

-



     सफल आवाज    
     श्रावण २९ गते २०८० मा प्रकाशित


काठमाडौं, २९ साउन । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ स्थिर रहेको छ । सुनको भाउमा रुपैयाँ २ सयले बढ्दा चाँदी स्थिर भाउमा कारोबार भईरहेको छ ।

नेपाल सु’नचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ २ सयले बढेर तोलाको १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ २ सयले बृद्धि भई तोलाको १ लाख १० हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ स्थिर रहेको छ । यसरी भाउ स्थिर रहेको चाँदी आईतबारकै भाउ तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ ।