
काठमाडौं, २९ साउन । लगातार ओरालो लाग्दै आएको सेयर बजारमा दुई दिन सकारात्मक बनेको देखिए पनि पुनः ओरालोको यात्रामा गएको छ ।
साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारमा सामान्य अंकको गिरावट भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३.६१ अंकले घटेर २०७७.२४ विन्दुमा झरेको छ । नेप्सेमा ०.१७ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.०६ अंकले बढेर ३९८.१३ विन्दुमा रहेको छ ।
१३ उपसमूहहरुमध्ये ८ वटामा रातो लागेको छ । बाँकी ५ वटामा हरियो लागेको छ । कुल २७९ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ५४ लाख १७ हजार ९२८ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ९१ करोड ३ लाख ९० हजार ६३८ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार भएको छ । कम्पनीको ११ करोड २४ लाख ४१ हजार ९७९ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै थ्री स्टार हाइड्रोपावर लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको हो । सबैभन्दा धेरै बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनीको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ६.४६ प्रतिशतले घटेको हाे।

