अमेरिकी डलर र यूरोको भाउ बढ्यो, अन्यको कति ?

-



     सफल आवाज    
     श्रावण ३० गते २०८० मा प्रकाशित




काठमाडौं, ३० साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेकाे छ । साथै यूरोलगायत अन्य देशको मुद्राको भाउ पनि बढेकाे छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ४३ पैसा र बिक्रिदर १३३ रुपैयाँ ३ पैसा रहेको छ । यूरो १ को खरिददर १४४ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५९ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६८ रुपैयाँ १७ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९३ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५१ रुपैयाँ २ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७० पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ५ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४४ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँँ ५० पैसा र बिक्रीदर ९८ रुपैयाँ ९४ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ८० पैसा र बिक्रीदर ९८ रुपैयाँ २४ पैसा रहेको छ ।

आजको मूल्यसूची