पर्यटक आगमनकाे बृद्धिसंगै चन्द्रागिरी हिल्सकाे नाफामा ७९६.४१ प्रतिशतले बृद्धि

-



     सफल आवाज    
     श्रावण ३० गते २०८० मा प्रकाशित


काठमाडौं, ३० साउन । चन्द्रागिरी हिल्स लिमिटेडकाे नाफामा पटक उल्लेख्य रुपमा सुधार भएकाे छ । पर्यटक बढेसंगै कम्पनीकाे नाफामा ७९६.४१ प्रतिशतले बृद्धि भएकाे हाे।

कम्पनीकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही समयकाेभन्दा बृद्धि भएकाे हाे ।

कम्पनीले गत आर्थिक वर्षको असारकाे अन्त्यसम्म रुपैयाँ १५ करोड ११ लाख खुद नाफा कबमाएकाे देखिएकाे छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही समयकाेभन्दा ७९६.४१ प्रतिशतले भएकाे हाे । अघिल्लो आर्थिक वर्षमा याे नाफा १ करोड ६८ लाख थियो।

कम्पनीका अनुसार पर्यटकीय क्षेत्र भएकाेले बाह्य तथा आन्तरिक पर्यटकहरुको आगमनमा बृद्धि भएपछि नाफा बढ्नमा सघाउ पुगेकाे हाे ।

सञ्चालन आदानी ३६.५४ प्रतिशतले बढेर रुपैयाँ ९१ करोड ३४ लाख भएकाे छ । कुल आम्दानी ४०.५२ प्रतिशतले बढेर ७९ करोड २६ लाख कायम भएकाे छ। कम्पनीको इपीएस पनि बढेकाे छ । याेआम्दानी ८ रुपैयाँ ७५ पैसा बढेर ९ रुपैयाँ ८५ पैसा कायम भएकाे छ। नेटवर्थ ८४ रुपैयाँ ७२ पैसा रहँदा मूल्य आम्दानी रेसियाे २४६.६३ गुणा छ।

कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ५३ करोड ४० लाख रुपैयाँ रहेकाे छ । जगेडा कोषमा २३ करोड ४४ लाख रुपैयाँ ऋणात्मक देखिएकाे छ।