
काठमाडौं, ३० साउन । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । एउटा उपसमूह बाहेक सबै राताम्मै भएका छन् ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३१.८० अंकले घटेर २०४५.४४ विन्दुमा झरेको छ । नेप्सेमा १.५३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ६.२९ अंकले घटेर ३९१.८४ विन्दुमा पुगेको छ ।
यसदिन १३ वटा उपसमूहहरुमध्ये एउटामा मात्रै हरियो लागेको छ । बाँकी १२ वटैमा रातो लागेको छ ।
कुल २७८ कम्पनीहरुको ५६ लाख ३ हजार १७९ कित्ता सेयरको खरिदबिक्री भएको छ । यसबाट २ अर्ब १५ करोड ७३ लाख १२ हजार ३६९ रुपैयाँ ५१ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन डिस्टिलरी लिमिटेडको कारोबार भएको छ । कम्पनीको २० करोड ५५ लाख ९४ हजार ३२ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै इमर्जिङ नेपाल लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ५.१८ प्रतिशतले बढेको हो । सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडले गुमाएको छ । कम्पनीको सेयरमूल्य ७.८९ प्रतिशतले घटेको छ ।

