अमेरिकी डलरको भाउ स्थिर, यूरो घट्यो, अन्यको कति ?

-



     सफल आवाज    
     श्रावण ३१ गते २०८० मा प्रकाशित


काठमाडौं, ३१ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोको भाउ भने घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ४३ पैसा र बिक्रिदर १३३ रुपैयाँ ३ पैसा रहेको छ । यूरो १ को खरिददर १४४ रुपैयाँ ८० पैसा र बिक्रीदर १४५ रुपैयाँ ४६ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६८ रुपैयाँ २३ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९९ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५१ रुपैयाँ ५ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७३ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ८६ रुपैयाँ १० पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँँ १५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ६० पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९८ रुपैयाँ २ पैसा रहेको छ ।

आजको मूल्यसूची