मनकामना इन्जिनियरिङ्ग हाइड्रोकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     श्रावण ३१ गते २०८० मा प्रकाशित



काठमाडौं, ३१ साउन । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरकाे सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले साउन २८ गतेदेखि सर्वसाधारणका लागि सेयर निष्काशन गरेको हो थियाे।

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सेयर निष्काशन गरेपछि सर्वसाधारणका लागि सेयर खुलाएकाे हाे ।

कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि जारी गरिएकाे हाे । आयोजना प्रभावित क्षेत्रका जनताका लागि खुलाइएाे सेयरमा माग अनुसारकाे आवेदन नपरेपछि बाँकी भएकाे ६ लाख १६ हजार ६२० कित्तामा थपेर २२ लाख ७६ हजार ६२० कित्ता जारी गरिएकाे हो।

कम्पनीले ८० करोड रुपैयाँको १० प्रतिशतले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका जनताका लागि जारी गरेकाे थियाे । २ लाख कित्ता वैदेशिक रोजगारमा गएकाहरुका लागि रहेकाे थियो। ४० हजार कित्ता कर्मचारीका लागि रहेकाे छ । १ लाख कित्ता सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ। सेयर भर्न इच्छुक लगानीकर्ताले घटीमा १० तथा बढीमा १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन्।

कम्पनीले ५ मेगावाटको घट्टेखोला जलविद्युत आयोजनाको प्रबर्धन गरिरहेको छ । यसकाे लागत १ अर्ब ३९ करोड ३५ लाख ७५ हजार रुपैयाँ रहेको छ । विद्युत उत्पादन अनुमति २७ वर्ष १ महिना बाँकी छ।

सेयरमा लगानीका लागि सेबाेनबाट अनुमति लिएका सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन पाउनेछन्।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।