पाैने ६ अर्बको विकास ऋणपत्र जारी गर्दै केन्द्रीय बैंक

-



     सफल आवाज    
     श्रावण ३१ गते २०८० मा प्रकाशित



काठमाडौं, ३१ साउन। नेपाल राष्ट्र बैंकले तेस्रो पटक ५ अर्ब ८४ कराेड बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारका तर्फबाट केन्द्रीय बैंकले याे विकास ऋणपत्र जारी गर्न लागेको हो ।

भदौ १ गते जारी हुने याे ऋणपत्र ६ वर्षे अवधिकाे हुनेछ। केन्द्रीय बैंकले जारी गर्ने उक्त ऋणपत्रको ८५ प्रतिशत प्रतिस्पर्धी र बाँकी १५ प्रतिशत अप्रतिस्पर्धीलाई छुट्याइएको बताइएकाे छ।

यसअघि दुइपटक गरि १० अर्ब दरकाे विकास ऋणपत्र जारी भइसकेको छ। पहिलो ऋणपत्रको ब्याज साढे ६ प्रतिशत र दोस्रोको ७ प्रतिशत कायम भएको थियो। दुवैमा मागभन्दा बढी आवेदन परेको थियो।