
काठमाडौं, ३१ साउन । नेप्सेको ओरालोको यात्रा जारी रहेको छ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार पनि नेप्से ओरालोको यात्रामा गएको छ। अघिल्लो दिन ३१.८० अंकले गिरावट भएको नेप्सेमा यसदिन २०.३१ अंकले घटेर २०२५.१२ विन्दुमा झरेको छ ।
कारोबार रकम पनि अघिल्ला दिनहरुको तुलनामा कम भएको छ । नेप्सेको नकारात्मक लय हटेर हरियाली वातावरण भईरहने अवश्था कहिले बन्ने हो त्यो भविश्यको गर्भमै रहेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २०.३१ अंकले घटेर २०२५.१२ विन्दुमा झरेको छ । नेप्सेमा ०.९९ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ५.५४ अंकले घटेर ३८६.३० विन्दुमा पुगेको छ ।
१३ वटै उपसमूहहरु सबैमा रातो लागेको छ । यसदिन कुल २६९ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ४८ लाख ३८ हजार १०६ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ६७ करोड ९९ लाख ८० हजार ६२३ रुपैयाँ ९ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन डिस्टिलरी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ८ करोड ४१ लाख ५० हजार १६० रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै सनराईज फोकस्ड इक्वीटि फण्डको सेयरमूल्य बढेको छ । सो फण्डको सेयरमूल्य ४ प्रतिशत बढेको छ सबैभन्दा धेरै माउनटेन हाइड्रो नेपाल लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ८.०९ प्रतिशतले घटेको छ ।

