अमेरिकी डलरको भाउ स्थिर, यूरोलगायत अन्यको घट्यो

-



     सफल आवाज    
     श्रावण ३२ गते २०८० मा प्रकाशित


काठमाडौं, ३२ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोको भाउ भने घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ४३ पैसा र बिक्रिदर १३३ रुपैयाँ ३ पैसा रहेको छ । यूरो १ को खरिददर १४४ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४५ रुपैयाँ २४ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ७० पैसा र बिक्रीदर १६९ रुपैयाँ ४६ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५० रुपैयाँ ६३ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३१ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ५१ पैसा र बिक्रीदर ८५ रुपैयाँ ९० पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँँ १२ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५६ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९७ रुपैयाँ ९८ पैसा रहेको छ ।

आजको मूल्यसूची