
काठमाडौं, ३२ साउन । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा रुपैयाँ ८ सय तथा चाँदीमा रुपैयाँ ५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ८ सयले घटेर तोलाको १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ८ सयले घटेर तोलाको १ लाख ९ हजार ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख १० हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार यसदिन चाँदीमा रुपैयाँ ५ ले घटेर तोलाको १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धात’ चाँदी तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।