प्रि ओपन सेसन : नेप्सेमा ०.८५ अंककाे बृद्धि

-



     सफल आवाज    
     श्रावण ३२ गते २०८० मा प्रकाशित




काठमाडौं, ३२ साउन । साताको सेयर काराेबार हुने अन्तिम दिन बिहिबार आज नेपाली सेयर बजारकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.८५ अंकले बढेकाे छ ।

बुधबार नेप्सेमा २०.३१ अंककाे गिरावट भइ नेप्से २०२५.१२ विन्दुमा झरेको थियाे । आज प्रि ओपन सेसनमा नेप्से ०.८५ अंकले बढेर २०२५.९८ विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स ०.१६ अंकले घटेको छ।

आजकाे प्रि ओपन सेसनमा १६ वटा कम्स्टपनीहरुकाे १ हजार ८०९ कित्ता सेयरकाे खरिदबिक्रीबाट रुपैयाँ ४ लाख ९२ हजार ७४ रुपैयाँ ६० पैसा बराबरको काराेबार भएकाे छ ।

यस सेसनमा ७ वटा कम्पनीहरुकाे सेयरमूल्य बढेको छ । ७ वटाकाे सेयरमूल्य भने घटेको छ। २ कम्पनीकाे सेयरमूल्य स्थिर रहेको छ।