अमेरिकी डलरको भाउ बढ्यो, यूरो घट्यो, अन्यको कति ?

-



     सफल आवाज    
     भाद्र १ गते २०८० मा प्रकाशित


काठमाडौं, १ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोको भाउ भने घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७४ पैसा र बिक्रिदर १३३ रुपैयाँ ३४ पैसा रहेको छ । यूरो १ को खरिददर १४४ रुपैयाँ ५० पैसा र बिक्रीदर १४५ रुपैयाँ १५ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७० रुपैयाँ ८ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५१ रुपैयाँ १३ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८२ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ३७ पैसा र बिक्रीदर ८५ रुपैयाँ ७६ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँँ २९ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७४ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९८ रुपैयाँ १६ पैसा रहेको छ ।

आजको मूल्यसूची