तारागाउँ रिजेन्सी होटल्सकाे नाफामा शतप्रतिशत बृद्धि

-



     सफल आवाज    
     भाद्र १ गते २०८० मा प्रकाशित


काठमाडौं, १ भदाै । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडकाे नाफामा शतप्रतिशत बृद्धि भएकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षकोभन्दा शतप्रतिशत बढेको हाे ।

कम्पनीले गत आर्थिक वर्षको असारकाे अन्त्यसम्ममा ३८ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएकाे छ । जाे अघिल्लो आर्थिक वर्षको सोही समयकाेभन्दा १००.८० प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा याे नाफा १९ करोड ५ लाख थियो।

कम्पनीको सञ्चालन मुनाफा ९९.७१ प्रतिशतले बढेर १ अर्ब ३८ करोड ३२ लाख, अन्य आम्दानी १९.७२ प्रतिशतले बढेर १८ करोड ७० लाख रुपैयाँ र कुल आम्दानी ८४.९८ प्रतिशतले बढेर रुपैयाँ १ अर्ब ५७ करोड २ लाख भएकाे छ।

कम्पनीको इपीएस आम्दानी १० रुपैयाँ १८ पैसा बढेर २० रुपेयाँ २८ पैसा भएकाे छ। नेटवर्थ १३४ रुपैयाँ ८६ पैसा रहेको छ ।मूल्य आम्दानी रेसियाे ३८.९७ गुणा छ। कम्पनीको चुक्ता पूँजी रुपैयाँ १ अर्ब ८८ करोड ६६ लाख रहेकाे छ । यसकाे जगेडा कोषमा रुपैयाँ ६५ करोड ७७ लाख रुपैयाँ रहेकाे छ।