अन्तिम दिन सुनको भाउ स्थिर, चाँदीको बढ्यो

-



     सफल आवाज    
     भाद्र १ गते २०८० मा प्रकाशित



काठमाडौं, १ भदौ । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ स्थिर रहेको छ । यसदिन सुनको भाउ बिहिबारकै कायम गरिएको छ । चाँदीको भाउमा भने रुपैयाँ २० ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउमा यसदिन कुनै फेरबदल भएको छैन । महासंघले बिहिबारकै भाउ कायम भइ काराेबार भइरहेकाे जनाएको छ ।

आज छापावाल सुन तोलाको १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार पनि छापावाल सुन तोलाको १ लाख १० हजार ४ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुनको भाउमा पनि परिवर्तन भएको छैन । तेजाबी सुन यसदिन बिहिबारकै भाउ तोलाको १ लाख ९ हजार ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

महासंघका अनुसार यसदिन चाँदीमा रुपैयाँ २० ले बढेर तोलाको १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भईरहको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।