
काठमाडौं, २ भदाै । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकका लागि एकीकृत निर्देशन जारी गरेको छ । देशमा पूर्वाधार विकास बैंकको रुपमा सञ्चालनमा रहेकाे निफ्राका लागि राष्ट्र बैंकले साे निर्देशन जारि गरेकाे हाे ।
बैंकले ५० करोड र त्याेभन्दा धेरै कर्जा लिने ऋणीलाई कर्जा प्रवाह अथवा नवीकरण गर्दाखेरि ऋणी संस्थाको क्रेडिट रेटिङ एजेन्सीले गरेकाे रेटिङलाई कर्जा मूल्याङकनको आधारमा लिनुपर्ने जनाइएकाे छ ।
राष्ट्र बैंकको निर्देशनमा पूर्वाधार विकास बैंकले पूर्वाधार सम्बन्धी परियोजनाहरुको पहिचान, विश्लेषण, सम्भाव्यता अध्ययन र लागतका बारेमा परियोजना विकास गर्नका लागि क्षेत्रगत रुपमा ‘स्पेसल पर्पोज भेइकल’ (एसपीभी) कम्पनीको स्थापना गर्न सक्ने जनाइएकाे छ ।
राष्ट्र बैंकले संस्थाले स्थापना गरेर्को एसपीभीबाट सञ्चालन गरिने परियोजनामा लगानी हुँदासम्म कर्जा प्रवाह गर्न भने नपाउने उल्लेख गरेकाे छ ।
यस्ताे छ राष्ट्र बैंककाे निर्देशन