
काठमाडौं, ३ भदौ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनको भाउमा सामान्य गिरावट भएको छ । यसदिन चाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ सय ले गिरावट भएको हो । चाँदीको भाउ शुक्रबारकै कायम गरिएको छ ।
छापावाल सुनमा रुपैयाँ १ सयले गिरावट भई तोलाको १ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १ सयले घटेर तोलाको १ लाख ९ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको १ लाख ९ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीको भाउ यसदिन स्थिर रहेर कारोबार भईरहेको छ । चाँदी शुक्रबारकै भाउ तोलाको १ हजार ३ सय ९० रुपैयाँमा नै करोबार भईरहेको छ ।