
कठमाडौं, ३ भदौ । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजार ओरालोको यात्रामा गएको छ । सेयर बजार राताम्मै हुँदा यसले लगानीकर्ताको मनोवल घटाएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २१.९९ अंकले घटेर २०११.१४ विन्दुमा झरेको छ । नेप्सेमा १.०८ प्रितिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.२५ अंकले घटेर ३८४.१२ विन्दुमा पुगेको छ ।
१३ वटै उपसमूहहरु राताम्मै भएका छन् । कुल २६९ कम्पनीहरुको ४४ लाख ५९ हजार ४५९ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ४४ करोड ७४ लाख ८ हजार ९४२ रुपैयाँ ६७ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । कम्पनीको ६ करोड ६३ लाख १ हजार ७० रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ४.५७ प्रतिशतले बढेको हो । सबैभन्दा धेरै एग्रिकल्चर बैंक डिबेञ्चर २०८३ को सेयरमूल्य घटेकाे छ । सो डिबेञ्चरको सेयरमूल्य १० प्रतिशतले घटेको हो ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




