सोमबार सुनचाँदी स्थिर भाउमा खरिदबिक्री हुँदै

-



     सफल आवाज    
     भाद्र ४ गते २०८० मा प्रकाशित



काठमाडौं, ४ भदौ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेर खरिदबिक्री भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको भाउ आईतबारकै यथावत् रहेको जनाएको छ ।

छापावाल सुन तोलाको १ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार पनि छापावाल सुन तोलाको १ लाख १० हजार ३ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुनको भाउमा पनि यसदिन कुनै परिवर्तन भएको छैन । तेजाबी सुन तोलाको १ लाख ९ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि तेजाबी सुन तोलाको १ लाख ९ हजार ७ सय ५० रुपैयाँमा नै खरिदबिक्री भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ पनि स्थिर रहेको छ । चाँदी आईतबारकै भाउ तोलाको १ हजार ३ सय ९० रुपैयाँमा नै कारोबार भईरहेको छ ।