
काठमाडौं, ४ भदाै । साताको सेयर काराेबार हुने दोस्रो दिन साेमबार नेपाली सेयर बजारकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक १.२३ अंकले बढेको नेप्सेले जनाएकाे छ ।
आइतबार नेप्से परिसूचक २१.९१ अंक घटेर २०११.२२ विन्दुमा झरेर बजार बन्द भएको थियाे । आजकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक १.२३ अंकले बढेर २०१२.४५ विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स स्थिर रहेको छ।
यसदिन प्रि ओपन सेसनमा ८ वटा कम्पनीहरुकाे ७ हजार ७४० कित्ता सेयरकाे खरिदबिक्रीबाट १८ लाख ७९ हजार १८६ रुपैयाँ बराबरको काराेबार भएकाे छ । उनीहरुमा दुइवटाकाे सेयरमूल्य बढेको छ । २ वटा कम्स्टपनीकाे सेयरमूल्य घटेको छ। अन्य कम्पनीहरुकाे सेयरमूल्य स्थिर रहेको छ।