श्रीजनशील लघुवित्तले कमायाे १ करोड बढी नाफा

-



     सफल आवाज    
     भाद्र ५ गते २०८० मा प्रकाशित



काठमाडौं, ५ भदाै । श्रीजनशील लघुवित्त वित्तीय संस्थाले उल्लेख्य नाफा कमाउन सफल भएकाे छ ।

संस्थाकाे प्रकाशित गत आर्थिक वर्षकाे चौथो त्रैमाससम्मकाे वित्तीय विवरणका अनुसार संस्थाले गत आर्थिक वर्षमा १ करोड बढी नाफा कमाउन सफल भएकाे हाे । याे नाफा रुपैयाँ १ करोड ११ लाख २८ हजार रहेकाे छ ।

संस्थाकाे अघिल्लो वर्षको साेहि समयकाे नाफा रुपैयाँ ४७ लाख ४९ हजार रहेकाे थियो । नाफा बढेपछि लघुवित्त लाभांश वितरण गर्नका लागि मजबुत बनेकाे छ। संस्थाकाे खराब कर्जा ५ प्रतिशतभन्दा बढी रहेकाे छ । जसकाे कारण कम्पनीले लाभांश वितरण गर्न नपाउने भएकाे छ ।

गत आर्थिक वर्षमा ८६ लाख ७९ हजार रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। खुद ब्याज आम्दानी १२ करोड ५१ लाख ५१ हजार रुपैयाँ रहेकाे छ । संस्थाकाे सञ्चालन नाफा रुपैयाँ १ करोड ५८ लाख ९७ हजार कमाएको छ । खराब कर्जा ६.५१ प्रतिशतले घटेर ५.११ रहेकाे छ।

लघुवित्तको इपीएस आम्दानी १० रुपैयाँ १८ पैसा रहेकाे छ । नेटवर्थ १९३ रुपैयाँ ५१ पैसा छ ।