भगवती हाइड्रोकाे आईपीओमा आजबाट आवेदन खुल्ला

-



     सफल आवाज    
     भाद्र ५ गते २०८० मा प्रकाशित



काठमाडौं, ५ भदाै । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आजबाट सेयर (आईपीओ) खुलाएकाे छ । कम्पनीले सर्वसाधारणका लागि ८ लाख ५८ हजार ९७ कित्ता सेयर खुलाएकाे हाे ।

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय र वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि सेयर निष्काशन गरिसकेकाे छ ।

जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १५ प्रतिशतले ८ करोड ५८ लाख ९ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँ दरमा ८ लाख ५८ हजार ९७ कित्ता जारी गरीएकाे हाे ।

यसमा ८५ हजार ८१० कित्ता विदेशमा काम गरिरहेका नेपालीहरुका लागि रहेकाे छ । ४२ हजार ९०५ कित्ता सामूहिक लगानी कोषका लागि रहेकाे छ । १७ हजार १६२ कित्ता कर्मचारीहरुका रहेकाे छ भने सर्वसाधारणका लागि ७ लाख १२ हजार २२० कित्ता रहेकाे छ ।

इच्छुक लगानीकर्ताले घटीमा १० तथा बढीमा ५ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। सेयरमा भदौ ८ गतेसम्म आवेदन दिन सकिने भएकाे छ । ताेकिएकाे मितिसम्म पूरा आवेदन नपरेमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले ४.५ मेगावाटको विजयपुर १ साना जलविद्युत आयोजनाको प्रबर्धन गरिरहेको छ । यसकाे लागत ७९ करोड ६८ लाख रुपैयाँ रहेको छ । विद्युत उत्पादन अवधि २२ वर्ष ५ महिना बाँकी छ।

सेयर भर्न चाहने लगानीकर्ताले सेबाेनबाट अनुमति पाएका सि आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखाहरुबाट आवेदन दिन सक्नेछन् । यस्तै मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन सकिने भएकाे छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।