नेप्सेको ओरालोको यात्रामा ब्रेक, २०१५.९८ विन्दुमा उक्लियो

-



     सफल आवाज    
     भाद्र ५ गते २०८० मा प्रकाशित


काठमाडौं, ५ भदौ । केहि दिनको ओरालोको यात्रालाई बिराम लगाउँदै नेप्से परिसूचक उकालो लागेको छ ।

साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेप्सेमा हरियाली छाउँदा लगानीकर्ताहरुको मनोवल उच्च भएको छ । तर कारोबारमा भने उल्लेखनीय बढोत्तरी भने भएको छैन ।

यसदिन नेप्सेमा १७.६९ अंकको बृद्धि भएको छ । यसरी बृद्धि भएको नेप्से २०१५.९८ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.८८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ३.३६ अंकले बढेर ३८५.९८ विन्दुमा पुगेको छ ।

आज नेप्सेमा हरियाली छाएको छ । यो दृश्य सबै १३ वटै उपसमूहहरुमा देखिएको छ । कुल २७७ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ६० लाख ३१ हजार ३५५ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ३३ करोड २५ लाख ६४ हजार ७६९ रुपैयाँ ५१ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी कुमारी बैंक लिमिटेड प्रोमोटर सेयरको कारोबार भएको छ । सो सेयर २८ करोड ५९ लाख १९ हजार ६०६ रुपैयाँ बराबरको कारोबार भएको हो ।

सबैभन्दा धेरै कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको हो । सबैभन्दा धेरै लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गुमाएको छ । कम्पनीको सेयरमूल्य ४.४ प्रतिशतले घटेको छ ।