
काठमाडौं, ६ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र यूरोको भाउ घटेको छ ।
आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।
अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ४० पैसा र बिक्रिदर १३३ रुपैयाँ रहेको छ । यूरो १ को खरिददर १४४ रुपैयाँ १४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८० पैसा रहेको छ ।
बेलायती पाउण्ड १ को खरिददर १६९ रुपैयाँ १ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७७ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५० रुपैयाँ ८५ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५३ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ३१ पैसा र बिक्रीदर ८५ रुपैयाँ ७० पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँँ ८२ पैसा र बिक्रीदर ९८ रुपैयाँ २७ पैसा रहेको छ ।
सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९८ रुपैयाँ १३ पैसा रहेको छ ।
आजको मूल्यसूची