
काठमाडौं, ६ भदाै । साताकाे सेयर काराेबार हुने चाैथाे दिन बुधबार नेपाली सेयर बजारकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.८१ अंकले बढेकाे छ । यसरी सामान्य अंकले बढेकाे नेप्से २०१६.७९ विन्दुमा उक्लिएकाे। सेन्सेटिभ इण्डेक्स ०.०१ अंकले घटेको छ।
अघिल्लो सेयर काराेबार भएकाे दिन मंगलबार नेप्सेमा १७.६९ अंककाे बृद्धि भइ २०१५.९८ विन्दुमा पुगेर बजारबन्द भएको थियाे ।
यसदिनकाे प्रि ओपन सेसनमा १६ वटा कम्पनीहरुकाे २२३ कित्ता सेयरकाे खरिदबिक्रीबाट ८१ हजार २२६ रुपैयाँ १० पैसा बराबरको काराेबार भएको छ। यसबाट ९ कम्पनीहरुकाे सेयरमूल्य बढेको छ । ३ वटा कम्पनीको सेयरमूल्य घटेको छ। अन्य ४ वटाकाे सेयरमूल्य स्थिर रहेको छ।