नेप्सेमा छायो हरियाली, १ अर्ब ४७ करोडको कारोबार

-



     सफल आवाज    
     भाद्र ६ गते २०८० मा प्रकाशित



काठमाडौं, ६ भदौ । साताको सेयर कारोबार हुने चौथो दिन आज बुधबार नेपाली सेयर बजारमा हरियाली छाएको छ । कुल कारोबारमा उल्लेखनीय बढोत्तरी नभए पनि नेप्सेको उकालोको यात्राले लगानीकर्ताहरुको मनोबल बढाएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २६.९९ अंकले बढेर २०४२.९८ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.३३ प्रतिशतले बढ्दा सेन्सेटिभ इण्डेक्स ४.०३ अंकले बढेर ३९०.०१ विन्दुमा पुगेको छ ।

१३ वटै उपसमूहरुमा हरियाली छाएको छ । यसदिन कुल २७३ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ४१ लाख ३८ हजार ७२४ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ४७ करोड ४१ लाख ६३ हजार ७७७ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको सेयर करोबार भएको छ । कम्पनीको ७ करोड ४५ लाख ७८ हजार ४२२ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सिटिजन्स सुपर ३० म्युचुअल फण्डको सेयरमूल्य घटेको छ । सो फण्डको सेयरमूल्य ७.४२ प्रतिशतले घटेको हो ।