
काठमाडौं, ७ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र यूरोको भाउ घटेको छ ।
आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।
आज पनि अमेरिकी डलर र यूरोको भाउ घटेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ र बिक्रिदर १३२ रुपैयाँ ६० पैसा रहेको छ । यूरो १ को खरिददर १४२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४३ रुपैयाँ २९ पैसा रहेको छ ।
बेलायती पाउण्ड १ को खरिददर १६६ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६३ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५० रुपैयाँ ४४ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ७० पैसा र बिक्रीदर ८५ रुपैयाँ ९ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँँ २४ पैसा र बिक्रीदर ९७ रुपैयाँ ६८ पैसा रहेको छ ।
सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ १७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ६१ पैसा रहेको छ ।
आजको मूल्यसूची