
काठमाडौं, ७ भदाै । साताको सेयर काराेबार हुने बिहिबार आज अन्तिम कारोबारकाे दिन हाे । यसदिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य ०.३९ अंकले बढेकाे छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक आजकाे प्रि ओपन सेसनमा ०.३९ अंक बढेर २०४५.८५ विन्दुमा चढेकाे छ । यस सेसनमा सेन्सेटिभ इण्डेक्स ०.३५ अंक घटेको छ।
अघिल्लो कारोबार भएकाे दिन बुधबार नेप्से परिसूचक २९.४७ अंकले बढेर २०४५.४५ विन्दुमा उक्लिएर बजार बन्द भएकाे थियाे ।
आजकाे प्रि ओपन सेसनमा १८ वटा कम्पनीहरुकाे ४२२ कित्ता सेयरकाे खिरदबिक्रीबाट रुपैयाँ १ लाख ८२ हजार ५५० रुपैयाँ ६० पैसा बराबरको काराेबार भएकाे छ । उनीहश्रुमा १३ कम्पनीहरुकाे सेयरमूल्य बढेको छ । ५ वटाकाे सेयरमूल्य घटेको छ।