भगवती हाइड्रोपावरकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     भाद्र ८ गते २०८० मा प्रकाशित



काठमाडौं, ८ भदाै । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले प्रिमियममा जारी गरेकाे सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले भदौ ५ गतेदेखि सर्वसाधारणका लागि सेयर खुलाएकाे थियाे ।

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता तथा स्था वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि सेयर निष्काशन गरी बाँडफाँड पनि गरिसकेकाे छ । त्यसपश्चात सर्वसाधारणका लागि सेयर खुल्ला गरिएकाे हाे ।

जारी पूँजी रुपैयाँ ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १५ प्रतिशतले ८ करोड ५८ लाख ९ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर रु १०० अंकित मूल्यमा १६ रुपैयाँ थपेर प्रतिकित्ता रु ११६ मा ८ लाख ५८ हजार ९७ कित्ता सर्वसाधारणका लागि जारी गरिएकाे हाे ।

उक्त सेयरबाट ८५ हजार ८१० कित्ता वैदेशिक रोजगारमा रहेकाहरुकाे लागि बाँडफाँड भइसकेकाे छ । ४२ हजार ९०५ कित्ता सामूहिक लगानी कोष र १७ हजार १६२ कित्ता कर्मचारीहरुका लागि रहेकाे छ। बाँकी रहेकाे ७ लाख १२ हजार २२० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। सेयर भर्न चाहने इच्छुक लगानीकर्ताले घटीमा १० तथा बढीमा ५ हजार कित्ता माग गर्न सक्नेछन्।

कम्पनीले ४.५ मेगावाटको विजयपुर १ साना जलविद्युत आयोजनाको प्रबर्धन गरिरहेको छ । यसकाे लागत ७९ करोड ६८ लाख रुपैयाँ रहेको छ । विद्युत उत्पादनकाे अवधि २२ वर्ष ५ महिना बाँकी रहेको छ।

सेयरमा लगानी गर्नका लागि सेबाेनबाट अनुमत लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखाहरुबाट आवेदन दिन पाउनेछन् । यस्तै मेरो शेयर अनलाइनबाटसमेत आवेदन दिन सकिनेछ ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।