अन्तिम दिन सुनको भाउ स्थिर, चाँदीमा गिरावट

-



     सफल आवाज    
     भाद्र ८ गते २०८० मा प्रकाशित



काठमाडौं, ८ भदौ । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउमा रुपैयाँ १० ले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनको भाउमा कुनै परिवर्तन भएको छैन । चाँदीमा रुपैयाँ १० ले घटेर करोबार भईरहेको छ ।

छापावाल सुनको भाउ यसदिन स्थिर रहेर तोलाको १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार पनि छापावाल सुन तोलाको १ लाख ११ हजार १ सय रुपैयाँमा नै खरिदबिक्री भएको थियो ।

तेजाबी सुनको भाउ पनि बिहिबारकै कायम गरिएको छ । तेजाबी सुन तोलाको १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार पनि तेजाबी सुन तोलाको १ लाख १० हजार ५ सय ५० रुपैयाँमा नै कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ १० ले घटेर तोलाको १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।