शनिबार अमेरिकी डलरको भाउ बढ्यो, यूरो घट्यो

-



     सफल आवाज    
     भाद्र ९ गते २०८० मा प्रकाशित



काठमाडौं, ९ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोको भाउ भने घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ९४ पैसा र बिक्रिदर १३२ रुपैयाँ ५४ पैसा रहेको छ । यूरो १ को खरिददर १४२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १४३ रुपैयाँ २ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६६ रुपैयाँ ६ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८१ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४८ रुपैयाँ ९० पैसा र बिक्रीदर १४९ रुपैयाँ ५८ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ७१ पैसा र बिक्रीदर ८५ रुपैयाँ ९ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँँ १२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५६ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ २८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७३ पैसा रहेको छ ।

आजको मूल्यसूची