पहिलो दिन सुनको भाउ स्थिर, चाँदीमा गिरावट

-



     सफल आवाज    
     भाद्र १० गते २०८० मा प्रकाशित



काठमाडौं, १० भदौ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउमा रुपैयाँ १५ ले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ आज स्थिर रहि कारोबार भईरहेको छ भने चाँदी तोलामा रुपैयाँ १५ ले घटेको हो ।

छापावाल सुन तोलाको १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार पनि छापावाल सुन तोलाको १ लाख ११ हजार १ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार पनि तेजाबी सुन तोलाको १ लाख १० हजार ५ सय ५० रुपैयाँमा नै कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीमा रुपैयाँ १५ ले गिरावट भई तोलाको १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।